२०८० मंसिर १७, आईतबार
काठमाडौँ , ११ जेठ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हाल्ने बताएका छन्। आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख रुपैयाँ मागेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोही कारण उनीविरुद्ध अदालतमा मानहानिको मुद्दा हाल्ने प्रवक्ता ढकालले बताएका हुन्। प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे