
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
बैठकमा बाँकी सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् भने त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको एमालेले जनाएको छ । शुक्रबारदेखि चलिरहेको बैठकमा धेरै नेताहरूले पार्टीलाई पुनर्गठन गर्न आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
यसअघि ओली पक्षका रूपमा चिनिएका केही नेताहरूले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको धारणा राखेका छन् । बैठकमा पार्टीको भावी दिशा र नेतृत्वबारे थप छलफल हुने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे