
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा टर्कीले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ। लस एन्जलसमा भएको खेलको अन्तिम समयमा गोल गर्दै टर्कीले महत्वपूर्ण जित हात पारेको हो।
खेलको सुरुमै दुवै टोलीले आक्रामक प्रदर्शन गरे। अमेरिकाका अस्टिन ट्रस्टीले तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर टर्कीले त्यसको सात मिनेटपछि नै अर्दा गुलरको गोलमार्फत खेल बराबरीमा ल्यायो।
पहिलो हाफको ३१औँ मिनेटमा ओर्कुन कोक्कुले गोल गर्दै टर्कीलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको ४९औँ मिनेटमा अमेरिकाका सेबास्टियन बर्हाल्टरले गोल फर्काएपछि खेल २–२ को बराबरीमा पुग्यो।
त्यसपछि दुवै टोलीले जितका लागि लगातार प्रयास गरे। खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी टाइममा टर्कीका कान अयहानले निर्णायक गोल गरे। यही गोलका कारण टर्कीले ३–२ को रोमाञ्चक जित निकाल्न सफल भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे