
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीभित्र सहमति र एकता कायम राख्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि खरेलले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए। तर पछि सामाजिक सञ्जालमार्फत लामो राजनीतिक यात्रालाई ध्यानमा राख्दै सल्लाहअनुसार उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
यसअघि शिशिर खनालले पनि महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका थिए। त्यस्तै, विराजभक्त श्रेष्ठले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा उपसभापतिमा निर्वाचित भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे