
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत आज पदाधिकारी चयनका लागि मतदान हुँदैछ। महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ। महामन्त्री पदमा ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो नाम फिर्ता लिएका छन्। सहमहामन्त्री पदका दुई स्थानका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने महिला सहमहामन्त्री पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। खुला उपसभापति पदमा स्वर्णिम वाग्ले सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भएका छन्। आज बाँकी ५ पदका लागि मतदान हुनेछ। ६ दिनदेखि चलिरहेको महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि मतदानअघि नै घर फर्किसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे