• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

२९ मिनेट अघि
२

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो

५४ मिनेट अघि
३

इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु

१ घण्टा अघि
४

ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

१ घण्टा अघि
५

भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग

१ घण्टा अघि
६

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह

१ दिन अघि
७

स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन

१ दिन अघि
८

अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह

१ दिन अघि
९

संवैधानिक परिषद्को बैठक बस्दै

१ दिन अघि
१०

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

१ दिन अघि
११

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

२ दिन अघि
१२

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार (२ साल अघि)

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

  • 5,484 Views
  • काठमाडौँ, २६ बैशाख ।  वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ।

    शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ।

    वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन्। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ।

    आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। उनका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

    आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्छन्। आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ।

    यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ । मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् । त्यसमध्येको एउटा किंवदन्ती यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो। अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए।

    कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । त्यो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो।

    यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव।’

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
    ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

    औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गरिन्छ । गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ
    २९ मिनेट अघि

  • २

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो
    ५४ मिनेट अघि

  • ३

    इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु
    १ घण्टा अघि

  • ४

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय
    १ घण्टा अघि

  • ५

    भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग
    १ घण्टा अघि

  • ६

    प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह
    १ दिन अघि

  • ७

    स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन
    १ दिन अघि

  • ८

    अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह
    १ दिन अघि

  • ९

    संवैधानिक परिषद्को बैठक बस्दै
    १ दिन अघि

  • १०

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ३

    असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

    नेपाल नक्सा
    ४

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

    नेपाल नक्सा
    ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ६

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution