
काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँट गरिएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बिहान गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले असार ३ देखि ८ गतेसम्म सर्वसाधारणका लागि १४ लाख २७ हजार ६०० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो। यस आईपीओमा लगानीकर्ताको निकै ठूलो आकर्षण देखिएको छ।
कुल २८ लाख ६२ हजार ९०९ जनाले तीन करोडभन्दा बढी कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २८ लाख १५ हजार ६७९ आवेदन मात्र स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्। मागभन्दा धेरै आवेदन परेकाले सबै आवेदकलाई सेयर दिन सम्भव नभएपछि गोलाप्रथा प्रणाली अपनाइएको हो। बाँडफाँटको नतिजाअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी आवेदकको हात भने यसपटक पनि खाली भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे