
काठमाडौं । भारत सरकारको ‘नो इन्डिया प्रोग्राम (Know India Programme–KIP)’ को ८८औँ संस्करणका लागि आवेदन आह्वान गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक योग्य उम्मेदवारले २०२६ जुलाई १६ भित्र आवेदन दिन सक्नेछन्।
कार्यक्रम २०२६ अगस्ट १६ देखि अगस्ट २९ सम्म सञ्चालन हुनेछ। कार्यक्रममा २४ देखि २८ वर्ष उमेर समूहका युवाहरू सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रममार्फत सहभागीहरूलाई भारतको इतिहास, संस्कृति, विकास, उद्योग, नवप्रवर्तन, शासन प्रणाली तथा विविध सामाजिक–आर्थिक पक्षबारे प्रत्यक्ष जानकारी दिने उद्देश्य राखिएको छ।
आवेदन दिन इच्छुकहरूले आवश्यक विवरणसहित [email protected] इमेलमार्फत सम्पर्क गरी आवेदन प्रक्रिया अघि बढाउन सक्ने छ। भारतीय दूतावासले तोकिएको समयभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे