
काठमाडौँ – काठमाडौँको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार राति उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। सीआईबीका अनुसार पक्राउ परेका तीनै जनालाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो।
प्रहरीले उनीहरूमाथि बालमन्दिरको जग्गा हिनामिनासम्बन्धी आरोपबारे थप अनुसन्धान गर्ने जनाएको छ। त्यसका लागि आजै अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे