
काठमाडौँ । निर्माण क्षेत्रमा देखिएका समस्या, काम गर्दा आउने चुनौती र समाधानका उपायबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले आज निर्माण व्यवसायीसँग भेटघाट गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा सरकारले निर्माण क्षेत्रलाई सहज बनाउन आवश्यक नीतिगत सुधारबारे पनि कुराकानी हुनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्। बैठकमा निर्माण व्यवसायीले आफ्ना समस्या र सुझाव सरकारसमक्ष राख्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे