
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने जनाएको छ। पहाडी, हिमाली र केही तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। मधेशसहित केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले यात्रा गर्दा र खुला स्थानमा बस्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे