२०८० मंसिर १७, आईतबार
काठमाडौँ , ९ जेठ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको हो।
सूमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे