२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, ८ जेठ । शेयर बजार आज लगातार पाँचौ दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १० अङ्कले बढेर १ हजार ८९१ दशमलव ३१ बिन्दुमा पुगेको छ।
बजार बढे पनि कारोबार रकम घटेको यसदिन २७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे