२०८१ श्रावण १२, शनिबार
काठमाडौं , १४ जेठ। कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैं पक्राउ पूर्जी माग्न अदालत पुगेको दाबी गरे ।
‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रकृयाबाट पक्राउ पूर्जी आयो । अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो ।’ सिटौलाले थपे, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पूर्जीको आदेश माग है नभनेको भए अदालत आफैंले पूर्जी दिन्थ्यो त ? अदालत के आफैं एक्टिभ भएको हो त ?’ अदालत आफैंले पक्राउ गर्नलाई निर्देशन दिएको होइन, सरकार एक्टिभ भएको हो । उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भैरहेको छ ।’
सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रुपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानविन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे