
काठमाडौँ । देशभरका मठ, मन्दिर तथा अन्य धार्मिक–सांस्कृतिक सम्पदासँग सम्बन्धित जग्गाको स्वामित्व र व्यवस्थापनमा स्पष्टता नहुँदा सम्पदा संरक्षण तथा सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ। पुरातत्त्व विभाग, प्रदेश सरकार तथा स्थानीय तहले सम्पदा संरक्षण र पुनर्निर्माणका कार्य सञ्चालन गरिरहेका भए पनि अधिकांश सम्पदासँग जोडिएका जग्गाको स्वामित्व गुठी संस्थानअन्तर्गत रहेको छ।
गुठी संस्थानका अनुसार देशभर ७१७ मठ, मन्दिर तथा अन्य सम्पदासँग सम्बन्धित जात्रा, पर्व र पूजा–पाठ सञ्चालनका लागि ६८ जिल्लामा २ हजार ८२ राजगुठी कायम रहेका छन्। ती गुठीअन्तर्गत पहाडी क्षेत्रमा ५ लाख ६१ हजार ९९० रोपनी तथा तराई क्षेत्रमा ६६ हजार ३३० विघा जग्गा रहेको तथ्यांक छ।
उपत्यकाभित्र मात्रै काठमाडौँमा १ हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ गरी कुल २ हजार १३ अमूर्त सम्पदासँग सम्बन्धित जात्रा, पर्व तथा पूजा–पाठ सञ्चालन हुँदै आएका छन्। यस्ता गतिविधि परम्परागत रूपमा गुठीको आम्दानीबाट सञ्चालन गरिए पनि स्थानीय तह, सम्बन्धित हेरचाह अड्डा, विकास समिति तथा विभिन्न कोषहरूले समेत संरक्षण र व्यवस्थापनमा योगदान गर्दै आएका छन्।
यद्यपि, गुठी संस्थानले सम्पदासँग सम्बन्धित अधिकांश जग्गाको स्वामित्व आफूअन्तर्गत रहेको दाबी गरे पनि पशुपति क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ स्तूपालगायतका महत्वपू
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे