
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई अल्ट्रासोनोग्राफी मेसिन हस्तान्तरण गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित उक्त स्वास्थ्य संस्थालाई प्रदान गरिएको अल्ट्रासोनोग्राफी मेसिनले बाल रोगसम्बन्धी परीक्षण तथा उपचार सेवामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।
उपकरण हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष श्री रोशन के.सी. ले अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई औपचारिक रूपमा मेसिन हस्तान्तरण गर्नुभएको हो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, समुदाय विकास तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्वास्थ्य सेवामा आवश्यक प्रविधि र पूर्वाधार सहयोगमार्फत समुदायमा गुणस्तरीय सेवा विस्तारमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।
केआईओसीएचले बाल स्वास्थ्य क्षेत्रमा प्रदान गर्दै आएको सेवामा आधुनिक उपकरणको प्रयोगले सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे