
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याल ले उनीहरूलाई चेतावनी दिएका छन् ।
बैठकमा सांसदहरूले उठेर विरोध गरेपछि सभामुखले संसदको मर्यादा सबैले पालना गर्नुपर्ने बताएका थिए । उनले सभाको गरिमा कायम राख्न र अभद्र व्यवहार नगर्न आग्रह गरे ।
विशेषगरी सांसद हर्क साम्पाङ सहितका सदस्यहरूलाई आफ्नो व्यवहार सच्याउन उनले निर्देशन दिएका हुन् । सभामुखले संसदलाई नियमअनुसार सञ्चालन गर्नुपर्ने भन्दै विरोध गर्ने शैली मर्यादाभित्र रहनुपर्ने स्पष्ट गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे