
काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । नयाँ प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा नियुक्त भएपछि उनी बिदामा बसेकी हुन् । यसअघि प्रधानन्यायाधीश अवकाश पाएपछि मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन् ।
तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर शर्मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट रहेको बताइएको छ । शर्माले मङ्गलबार संसदीय सुनुवाइपछि शपथ लिएर पदभार सम्हालेका छन् । तर शपथ ग्रहण समारोहमा मल्ल सहभागी भएकी थिइनन् ।
यस घटनाले सर्वोच्च अदालतको नेतृत्व परिवर्तनपछि केही असन्तुष्टि देखिएको संकेत गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे