
काठमाडौँ । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ को अध्यक्षतामा बसेको बढुवा समितिले खड्कासहित पाँच जना अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको हो ।
त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक सञ्जय भट्टराई लाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । कानुन समूहबाट युवराज अर्याल लाई डीआईजी र छविलाल पाण्डे लाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
स्वास्थ्य समूहबाट डा. रोस्सु थापा लाई पनि एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसप्रति असन्तुष्टि भए ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे