
काठमाडौँ । मुलुकका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष शपथ ग्रहण गरेका हुन्।
शपथ लिनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।
सरकारले नयाँ कार्यविधिअनुसार गठन गरेको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई उपकुलपति पदमा नियुक्त गरेको हो। नयाँ उपकुलपतिहरूले अब आ–आफ्नो प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन्। उनीहरूको नेतृत्वमा स्वास्थ्य शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। सरकारले पारदर्शी प्रक्रिया अपनाएर नियुक्ति गरेसँगै सबै प्रतिष्ठानमा नेतृत्वले पूर्णता पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे