
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्नो अनुमति नलिई ए–लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालय तथा शैक्षिक संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्रिपरिषद्ले हालै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमनसम्बन्धी नयाँ नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले यसको कार्यान्वयनमा कडाइ थालेको हो। मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले आवश्यक अनुमति नलिई विदेशी पाठ्यक्रम सञ्चालन गरिरहेको पाइएको छ।
मन्त्रालयले सबै संस्थालाई कानुनअनुसार अनुमति लिएर मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। साथै, अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयलाई सूचना दिन अभिभावक, शिक्षक तथा सरोकारवालासँग पनि अनुरोध गरिएको छ। नियम उल्लङ्घन गर्ने संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे