
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्। संविधानको व्यवस्था अनुसार राष्ट्रपतिले ती विधेयकमा हस्ताक्षर गरेपछि अब ती ऐनका रूपमा लागू हुने भएका छन्। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक रहेका छन्।
यी सबै विधेयक संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। अब सम्बन्धित निकायहरूले ती ऐन कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउनेछन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे