
काठमाडौँ , २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक मंगलबार विहान १०: ३० बजे गरी बैठक बोलाइएको छ ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफलका हुनेछ । बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषय छलफल हुने झाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे