२०८० आश्विन १७, बुधबार
काठमाडौँ , ३ जेठ | नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । आज बुधबारदेखि भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो ।
अब नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ भने भारतमा रहेका नेपालीहरुले फोन उठाउँदा पनि सात रुपैयाँ मात्रै शुल्क लाग्ने छ ।
एसएमएस गर्दा प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ र फोन उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ तथा एसएमएसमा प्रति एसएमएस २४ रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो ।
त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे