
काठमाडौँ । पोखरा बसपार्क क्षेत्रमा रहेका घर तथा अन्य संरचना हटाउने तयारी भइरहेको बेला उच्च अदालत पोखराले तत्कालका लागि ती संरचना नभत्काउन आदेश दिएको छ। बसपार्कभित्रको जग्गा आफ्नो भएको दाबी गर्दै योगेन्द्रदेवी श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले पोखरा महानगरपालिकालाई हालका लागि कुनै पनि संरचना नहटाउन निर्देशन दिएको छ। साथै जिल्ला प्रशासन कार्यालय कास्कीसहित सम्बन्धित पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।
पोखरा महानगरपालिकाले जेठ २५ गतेदेखि बसपार्क क्षेत्र खाली गराउने तयारी गरिरहेको थियो। तर अदालतको आदेशपछि संरचना हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ। अब दुवै पक्षबीच थप छलफल र कानुनी प्रक्रिया अगाडि बढ्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे