२०८० मंसिर १७, आईतबार
काठमाडौँ , १२ जेठ | आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे