२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , ९ जेठ । राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज प्रधानमन्त्री पुष्पकमल दाहालले दिने छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ । आइतबारदेखि सुरू भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने भएका हुन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । यसअघि सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिए भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको उल्लेख गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे