२०८० आश्विन १४, आईतबार
दाङ, ५ जेठ । देउखुरीमा दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो ।
शुक्रबार बिहान साढे ५ बजे लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका –३ फल्कापुरमा एक आपसमा बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा रुन्टीगढी –७ कि ४२ वर्षिया शोभा परियार रहेकी छन् । शोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् ।
घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज लगिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे