२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १० जेठ । शेयर बजार आज बुधबार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर १ हजार ९५९ दशमलव १२ विन्दुमा पुगेको छ ।
बजार बढेपनि कारोबार रकम घटेको यसदिन २७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे