• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

१ घण्टा अघि
२

प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा

५ घण्टा अघि
३

आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन

७ घण्टा अघि
४

सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप

७ घण्टा अघि
५

मधेस प्रदेश सभाको बैठक बस्दै

७ घण्टा अघि
६

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

७ घण्टा अघि
७

गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’

७ घण्टा अघि
८

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह

७ घण्टा अघि
९

आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन

८ घण्टा अघि
१०

सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड

८ घण्टा अघि
११

श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

१४ घण्टा अघि
१२

विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार (४ साल अघि)

पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै, जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी

Daldeldura NC dispute

  • 6,758 Views
  • डडेल्धुरा, ३० फागुन । सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ।

    स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय महाधिवेशनअघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन्।

    सातौं जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता विना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो।

    पार्टी सभापति देउवाको सहयोगमा एकपक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै कांग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले पार्टी एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि हाल एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो।

    कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावती अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन्।

    शनिकार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

    नगर प्रमुख तथा कांग्रेस डडेल्धुराका सभापति साउदले सातौं जिल्ला अधिवेशनको प्रारम्भदेखि नै पार्टीको विधानविपरीत काम गर्दै इमान्दार नेता कार्यकर्ताहरूलाई पेलेर एकपक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्लास्तरीय नेता कार्यकर्ताहरूको ठूलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एकपक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले आगामी ५ चैतमा वडास्तर र ८ गते पालिकास्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

    कांग्रेस डडेल्धुराका पूर्वउपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले संघर्ष समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार गोपा थापा, कांग्रेस डडेल्धुराका पूर्वसदस्य तथा परशुराम नगरपालिका-१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साउद र राजबहादुर भण्डारी सदस्य छन्।

    संघर्ष समितिले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिन नेतृत्वलाई दबाब दिन संघर्षका कार्यक्रम सञ्चालन गर्ने संयोजक भट्टले बताए। उनले पार्टीभित्र इमान्दार नेता कार्यकर्ताहरूलाई पन्छ्याउन खोजिएकाले पार्टी एकताबद्ध नहुन्जेलसम्म वर्तमान जिल्ला कार्यसमतिले अघि सारेका हरेक कार्यक्रमू बहिष्कार गरिने जानकारी दिए।

    कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान एकपक्षीय रूपमा सञ्चालन गर्न थालेको छ। २९ फागुनदेखि २९ चैत एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिको निर्देशन छ।

    डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहमा ८ चैतमा एकै समयमा हुने चुनावी सभाका लागि प्रतिनिधिहरू तोकिएका छन्। दुईवटा नगरपालिकामध्ये परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगर प्रमुख साउद प्रतिनिधि तोकिएका छन्।

    यस्तै, भागेश्वर गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्यसमिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्वसभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको कांग्रेस डडेल्धुराले जनाएको छ।

    स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडामा प्रतिनिधि खटाइएको छ भने ५ चैतमा वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ।

    यसरी प्रतिनिधि खटाउँदा एकपक्षीय रूपमा खटाइएको भन्दै कांग्रेस डडेल्धुराभित्र तीव्र असन्तुष्टि बढे्को कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए। उनले अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा सञ्चालित चुनावी अभियान बहिष्कार गर्ने जानकारी दिए। पार्टी एकढिक्का बनाउन प्रधानमन्त्री तथा सभापति देउवाले भूमिका निर्वाह गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताको माग छ।

    सभापति देउवाले आफूपक्षीय नेता कार्यकर्तालाई अवसर दिने र तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षीय नेता कार्यकर्तालाई पेलेर लैजान थालेकाले कांग्रेस डडेल्धुरामा विवाद सिर्जना भएको कांग्रेस डडेल्धुराका निवर्तमान सहसचिव अर्जुनबहादुर मल्लले बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात
    १ घण्टा अघि

  • २

    प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा
    ५ घण्टा अघि

  • ३

    आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन
    ७ घण्टा अघि

  • ४

    सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप
    ७ घण्टा अघि

  • ५

    मधेस प्रदेश सभाको बैठक बस्दै
    ७ घण्टा अघि

  • ६

    विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता
    ७ घण्टा अघि

  • ७

    गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’
    ७ घण्टा अघि

  • ८

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह
    ७ घण्टा अघि

  • ९

    आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन
    ८ घण्टा अघि

  • १०

    सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    २

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ४

    स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा
    ६

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution