
काठमाडौँ , ७ भदौ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि बैठक सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ। ती विषयहरूमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने राख्न बाँकी भएकाहरूले आजदेखि निरन्तरता हुने बैठकमा धारणा राख्नेछन्। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ।
थापाले चुनावी गठबन्धन गर्न नहुने र शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टीभित्र समस्या जटिल बन्दै जाँदा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।
देउवा समूहका विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे