
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने विशेष दूत सर्जियो गोर बीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त भेट करिब बीस मिनेटसम्म चलेको मन्त्रालय स्रोतले जनाएको छ।
भेटका क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। साथै विकास सहायता, लगानी प्रवर्द्धन तथा साझेदारी विस्तारका सम्भावित क्षेत्रहरूबारे पनि दुवै पक्षबीच विचार आदान–प्रदान भएको जनाइएको छ।
स्रोतका अनुसार भेटमा आपसी सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक सहकार्यका नयाँ अवसर पहिचान गर्ने विषयमा सकारात्मक छलफल भएको थियो। दुवै पक्षले सहकार्यका क्षेत्र विस्तार गर्दै पारस्परिक लाभका कार्यक्रम अघि बढाउनेमा जोड दिएका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे