२०८० आश्विन १२, शुक्रबार
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिए । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले त्यस्तो जानकारी दिएका हुन् ।
‘वैध रूपमा अवैध काम भइरहेको’ भन्दै उनले भन्सारमा कडाइ गरिएको बताए । त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उनले बताए ।
‘वैध रूपमा अवैध काम भइरहेको छ यहाँ,’ मोबाइल पनि अवैध रूपमा भित्रिइरहेकोप्रति संकेत गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौं भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१–२२ किलो सुन आएको भेटियो ।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए ।
यसैगरी, उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे