
काठमाडौं । डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित माछापुच्छ्रे बैंकले “एम बि एल आइटी कर्जा” योजना सञ्चालनमा ल्याएको छ। सूचना प्रविधि क्षेत्रमा क्रियाशील व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनाले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै देशको सूचना प्रविधि क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ।
बैंकका अनुसार यस कर्जा योजनाले सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूलाई चालु पुँजी, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउनेछ। विशेषगरी बढ्दो प्रविधिमुखी उद्यमशीलतालाई समर्थन गर्दै यसले स्टार्टअपदेखि स्थापित कम्पनीसम्मलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
योजनाअन्तर्गत कर्जा प्राप्त गर्न सम्बन्धित सरकारी निकायमा विधिवत् दर्ता भएका व्यवसाय मात्र योग्य हुनेछन्। यसमा एकल वा साझेदारीमा सञ्चालित सूचना प्रविधि तथा सफ्टवेयर फर्म र निजी कम्पनीहरू समावेश हुनेछन्। साथै, त्यस्ता कम्पनीहरूले कर सम्बन्धी दायित्व नियमित रूपमा पूरा गरेको हुनुपर्नेछ।
बैंकले उल्लेख गरेअनुसार सफ्टवेयर विकास, सूचना प्रविधि सेवा, बाह्य स्रोतबाट सेवा प्रदान, साइबर सुरक्षा, वित्तीय प्रविधि, कृत्रिम बौद्धिकता तथा यन्त्र सिकाइ जस्ता क्षेत्रमा कार्यरत र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका कम्पनीहरू यस योजनाका लागि योग्य हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे