२०८१ श्रावण १२, शनिबार
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ ।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महीनापछि बल्ल कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको शेयर गत भदौ ७ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र ७ लाख कित्ता संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो ।
आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएकाले सोमवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे