२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, ९ जेठ । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् ।
सोलुका पासाङले कीर्तिमान बराबरी गरेपछि कामीरिता मंगलबार बिहान २८ औं पटक सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा २८औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी एकै साता दुईपटक सगरमाथ आरोहण गर्न सफल भएका हुन् ।
उनले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नो नाम पुन विश्व रेकर्ड राखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे