
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। पार्टी सभापति रवि लामिछानेले मतदान गरेपछि पहिलो चरणको मतदान पूरा भएको हो। मतदान प्रक्रिया गएराति १२ बजेदेखि सुरु भएको थियो।
केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जनाले उम्मेदवारी दिएका थिए। सबैको मतदान सम्पन्न भइसकेपछि अब पदाधिकारी चयनको अर्को चरणको निर्वाचन सुरु हुने निर्वाचन समितिले जनाएको छ।
यससँगै महाधिवेशनमा केन्द्रीय सदस्य चयन प्रक्रिया सकिएर नेतृत्व चयनतर्फ पार्टी अघि बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे