
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उनलाई किन पक्राउ गरिएको हो भन्ने स्पष्ट कारण पेश गर्न आदेश दिएको हो।
पौडेलकी पत्नीले बुधबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
उनी सोमबार सुर्खेतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका थिए। विशेष अदालतले उनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको छ।
अब सम्बन्धित निकायहरूले अदालतमा पक्राउको कारण स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे