२०८० आश्विन १७, बुधबार
काठमाडौँ , ८ जेठ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो नभएको बताएका छन् । सोमबार नेपालले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा यस्तो बताएका हुन ।अध्यक्ष नेपालले सरकारको नीति तथा कार्यक्रमका कागजको कोस्टो नभएको भन्दै अहिलेको समस्यालाई समाधान गर्न सक्ने दावी गरेका हुन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरे । आईतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने बताएका थिए ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कसैको नाम उल्लेख नगरी भने, ‘बनिसकेको सरकार आफ्नो हातबाट फुत्कियो । यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुदैन। सबैभन्दा ठूलो समस्या आफुभित्र के कमजोरी रहे त्यसको समिक्षा गरौं, पहिचान गरौं। सुधार गरौं।’ अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे