• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१३ घण्टा अघि
२

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१४ घण्टा अघि
३

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

१८ घण्टा अघि
४

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

१९ घण्टा अघि
५

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

२१ घण्टा अघि
६

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

२१ घण्टा अघि
७

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

१ दिन अघि
९

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

१ दिन अघि
१०

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

१ दिन अघि
११

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

१ दिन अघि
१२

को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार (९ महिना अघि)

सूर्यविनायकको प्रत्येक वडामा भत्ता अनियमितता, महालेखाले माग्यो जवाफ

  • 5,044 Views
  • भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा साना योजनाको अनुगमनका लागि गठन गरिएका वडास्तरीय समितिहरुले नै ठूलो परिमाणमा आर्थिक अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। उक्त समितिहरुले नियमविपरीत २६ लाख रुपैयाँभन्दा बढी भत्ता लिएको पाइएको हो।

    महालेखा परीक्षक कार्यालयको २०८०/८१ को आर्थिक परीक्षण प्रतिवेदनअनुसार नगरपालिकाले ५ लाख रुपैयाँभन्दा कम लागतका योजनाहरूको अनुगमनका लागि गठन गरेका समितिहरूलाई अर्थ मन्त्रालयको निर्देशिका २०७७ विपरीत भत्ता वितरण गरिएको छ।

    प्रतिवेदन अनुसार, वडा नं १ देखि १० सम्म गठन गरिएका समितिहरुले फरक–फरक मितिमा बैठक बसेको देखाएर सवारी साधन, फर्निचर तथा फिक्स्चर, सार्वजनिक निर्माण, तथा मेसिनरी र औजार शीर्षकको बजेटबाट करबाहेक २५ लाख ९४ हजार ४ सय रुपैयाँ भत्ता बुझेका छन्।

    महालेखाका अनुसार, ३७६ वटा बैठक देखाएर प्रत्येक बैठकमा प्रति पदाधिकारी १ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ। यस्ता भत्ता कुनै कानुनतः वैध समिति गठनविना वितरण गरिएकाले यसलाई स्पष्ट अनियमितताका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ।

    वडा अनुसार विश्लेषण गर्दा, कुनै पनि वडा यस्तो अनियमितताबाट अछुतो देखिएको छैन।
    उदाहरणका लागि:

    वडा नं १ मा ६ पदाधिकारीले ४८ बैठक

    वडा नं २ मा ८ जनाले ४४ बैठक

    वडा नं ३ मा ६ जनाले २० बैठक

    वडा नं ४ मा ७ जनाले ४३ बैठक

    वडा नं ५ मा ७ जनाले ४० बैठक

    वडा नं ६ मा ७ जनाले १८ बैठक

    वडा नं ७ मा ७ जनाले ४४ बैठक

    वडा नं ८ मा ६ जनाले ४३ बैठक

    वडा नं ९ मा ८ जनाले ४८ बैठक

    वडा नं १० मा ७ जनाले २८ बैठकको भत्ता लिएको विवरण छ।

    अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिका २०७७ को बुँदा ७.१.१ अनुसार कानुनबमोजिम गठन गरिएका समितिका बैठकमा मात्र भत्ता दिन मिल्ने व्यवस्था छ। तर, महालेखाले सूर्यविनायकमा भत्ता लिनकै लागि समितिहरू गठन गरिएको र ती बैठकहरू औपचारिक तथा कार्यानुकूल नभएको निष्कर्ष निकालेको छ।

    कम लागत भएका योजनामा अनुगमनको नाममा भत्ताको अनियमितता देखिनुबाट स्थानीय तहको खर्च पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय बासिन्दाहरूले यस्ता अनियमिततामाथि छानबिन गरी आगामी दिनमा नियन्त्रणका लागि स्पष्ट रणनीति अवलम्बन गर्न माग गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १३ घण्टा अघि

  • २

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १४ घण्टा अघि

  • ३

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    १८ घण्टा अघि

  • ४

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    १९ घण्टा अघि

  • ५

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    २१ घण्टा अघि

  • ६

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    २१ घण्टा अघि

  • ७

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    १ दिन अघि

  • ९

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
    १ दिन अघि

  • १०

    सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    ३

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ४

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ५

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा
    ६

    ‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution