२०८० आश्विन १४, आईतबार
काठमाडौं– नुवाकोटमा निर्माणाधीन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि छुट्ट्याएको सेयर शुक्रबार बाँडफाँट भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा भएको बाँडफाँटमा ७४ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो ।
उक्त कम्पनीको सेयरका लागि २० लाख ३० हजार ९५५ जनाले आवेदन दिएको र ती आवेदनमार्फत २ करोड ४४ लाख ३७० कित्ता माग भएको बिक्री प्रबन्धकको भनाइ छ । तीमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको छ । स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनालाई समावेश गरेर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले केही अघि आयोजना प्रभावित जिल्ला नुवाकोटका लगानीकर्ताका लागि सेयर बिक्री गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे