
काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गर्ने तयारी भइरहेको छ। यसका लागि नेपाल प्रहरीको इन्टरपोल शाखाले थप कागजात मागेको छ।
कागजात पूरा भएपछि उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न रेड नोटिस जारी हुने बताइएको छ। प्रहरीले रेड नोटिस जारी भए विदेशमै पक्राउ गरेर नेपाल ल्याउन सकिने जनाएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। उनीहरू उपचारका लागि सिंगापुर हुँदै हाल हङकङमा रहेको बताइएको छ।
जेनजी आन्दोलनका क्रममा देउवा निवासमा जलेका नोट भेटिएपछि छानबिन अघि बढेको हो। सोही अनुसन्धानकै आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे