
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडकमा बस्ने व्यक्तिहरूको अवस्था बुझ्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा तिलगंगा, वडा नम्बर ८ मा यो केन्द्र सञ्चालन गरिएको हो।
पहिलो दिन ३६ जनालाई उद्धार गरिएकोमा २८ जनालाई सेन्टरमा राखिएको छ भने ६ जना भागेका थिए। काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरको निरीक्षण गर्दै सुविधा र व्यवस्थाबारे जानकारी लिइन्।
उनले सडकमा बस्ने सबैलाई सम्मानपूर्वक जीवन दिन महानगर काम गरिरहेको बताइन्। काम गर्न सक्नेहरूलाई रोजगारी र नसक्नेहरूलाई बसोबास तथा उपचारको व्यवस्था गरिने उनले उल्लेख गरिन्।
उद्धार गरिएकाहरूको अवस्था, परिवार र समस्याबारे पनि जानकारी लिइएको छ। बिरामीहरूको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे