
काठमाडौँ । बेमौसमी वर्षा भएपछि बीपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो नियम मङ्गलबारदेखि लागू भएको छ र अर्को सूचना नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहनेछ।
रोशी खोलामा आउने बाढीले अस्थायी बाटो बगाउने जोखिम बढेपछि यस्तो कदम चालिएको हो। सोमबार मात्रै लास्कोट र घुमाउने बीचमा फसेका ८९ जना यात्रुको राति उद्धार गरिएको थियो। वर्षाका कारण सवारी साधनहरू धुलिखेल, मङ्गलटार र नेपालथोकमा रोकिएका छन्।
गत वर्षको बाढीले सडक बगाएपछि अहिले अस्थायी बाटोबाटै यातायात चलिरहेको छ। अधिकारीहरूले यात्रा अघि जानकारी लिन र जोखिममा यात्रा नगर्न सबैलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे