
काठमाडौँ । मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर ज्यान गएको छ। कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्ल कागबेनीबाट फर्कँदै गर्दा अचानक सास फेर्न गाह्रो भएपछि उनलाई जोमसोम अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भयो। परिवारका अन्य सदस्य भने सुरक्षित छन्।
प्रहरीले जनाएको अनुसार मुस्ताङमा विशेष गरी ज्येष्ठ नागरिक र बिरामीहरूलाई लेक लाग्ने जोखिम बढी हुन्छ। लेक लाग्दा टाउको दुख्ने, थकान र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। यस्तो अवस्थामा तुरुन्त आराम गर्ने, पानी पिउने र आवश्यक परे तल झर्ने चिकित्सकको सुझाव छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे