
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले मोबाइल एप र नक्कली लिंक प्रयोग गरेर बैंक खाताबाट पैसा चोरी हुने घटना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। ठगहरूले “कनेक्ट आइपिएस” जस्तो देखिने नामबाट मोबाइलमा मेसेज वा लिंक पठाउने गरेका छन्।
त्यस्ता लिंक खोल्दा प्रयोगकर्ताको व्यक्तिगत जानकारी र बैंक विवरण चोरिने जोखिम हुन्छ। त्यसपछि उनीहरूले खातामा पहुँच पाएर पैसा निकाल्न सक्छन्। प्रहरीले यस्ता शंकास्पद लिंक नखोल्न, अज्ञात नम्बरबाट आएका मेसेजमा विश्वास नगर्न र आफ्नो बैंक विवरण कसैलाई नदिन अनुरोध गरेको छ। कुनै शंका लागेमा तुरुन्त बैंक वा प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे