२०८० आश्विन १४, आईतबार
काठमाडौं, १९ चैत। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाड भएको छ । आइतबार गोलाप्रथामार्फत बाँडफाड मध्ये २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।
आइपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। जसमध्ये १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो।
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
आइपीओको नतिजा लक्ष्मी क्यापीटलको वेबसाइट र मेरोसेयरको वेबसाइट बाट हेर्न सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे