
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको धारणा सही भएको बताएका छन्। उनका अनुसार भारतले पहिले जस्तै आफ्नो पुरानै अडान दोहोर्याएको छ भने चीनले यो विषय आफ्नो समस्या होइन भन्ने सम्भावना देखिन्छ।
उनले कूटनीतिक रूपमा कसले के भन्यो वा भनेन भन्ने कुरामा धेरै बहस गर्नुको खासै अर्थ नरहेको पनि उल्लेख गरेका छन्। बरु नेपालको स्पष्ट अडान र त्यसको परिणाम महत्वपूर्ण हुने उनको भनाइ छ।
बास्कोटाले प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई पनि चासोका साथ हेरेका छन्। आफूलाई ‘ग्रेटर नेपाल’को समर्थक ठानिने प्रधानमन्त्रीले भारत भ्रमण गरेपछि नेपालले लिएको अडान कस्तो रूपमा अघि बढ्छ भन्ने कुरामा उनले ध्यान दिएको बताएका छन्।
समग्रमा उनले सरकारको वर्तमान नीति ठीक भएको भन्दै अब त्यसको प्रभाव र परिणाम हेर्नुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे