
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल अघि बढाउने प्रस्ताव पेश गर्नेछिन् । यसले निर्वाचनसम्बन्धी केही कानुनी व्यवस्था परिमार्जन गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, मतदाता नामावलीसम्बन्धी संशोधन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकमाथि पनि छलफल गर्ने तयारी गरिएको छ ।
अर्कोतर्फ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन् । उक्त विधेयकमाथि सांसदहरूले दिएका संशोधन प्रस्तावहरू निर्णयका लागि प्रस्तुत गरिनेछ । अन्तिम चरणमा अर्थमन्त्री वाग्लेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे