
काठमाडौँ । प्रतिनिधिसभामा सरकारको कामकारबाहीमाथि लगातार प्रश्न उठाउँदै आएका सांसद हर्क साम्पाङले आफ्नो विरोधलाई अझ कडा बनाएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र जवाफदेही नबन्दासम्म सदनमा विरोध जारी राख्ने बताएका छन् ।
बुधबार संसद् बैठकमा उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए । त्यही अडानलाई उनले बिहीबार पनि निरन्तरता दिने बताएका छन् । साम्पाङले प्रधानमन्त्रीले संसद्लाई पर्याप्त महत्व नदिएको र जनताका सवालमा स्पष्ट जवाफ नदिएको आरोप लगाउँदै आएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आजको संसद् बैठकमा प्रयोग गर्ने नारासमेत सार्वजनिक गरेका छन् । यसले संसद्भित्र उनको विरोध अझ संगठित र आक्रामक बन्ने संकेत देखिएको छ । पछिल्ला दिनमा साम्पाङ संसद्मा सरकारमाथि खुलेर दबाब दिने सांसदका रूपमा देखिन थालेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे